Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनाको अर्को बराबरी, खेलाडी र प्रशिक्षक दुबैलाई रातो कार्ड

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसँग गोलरहित बराबरी खेलेको छ। प्रतिस्पर्धात्मक खेलमा कमजोर मानिएको काडिजले बार्सिलोनालाई कडा चुनौती दिएको छ।

खेलका ६५ औं मिनेटमा फ्रांकी डि योङले रातो कार्ड पाएपछि बार्सिलोना थप दबाबमा आएको थियो। २५ मिनेट १० खेलाडीमा सिमित बार्साले गोल गर्ने केही अवसरहरुको सदुपयोग गर्न सकेन।

खेलको अन्त्यतिर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले पनि रातो कार्ड पाएका थिए। क्लबका अध्यक्षसँग टकराव जारी रहेका बेला बार्सिलोनामा उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।

बार्सिलोनाले लिगमा ५ खेलमध्ये २ मा जीत निकालेको छ भने ३ खेलमा बराबरी गरेको छ। बार्सिलोना ९ अंकसहित लिगको सातौँ स्थानमा छ। लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ७ अंकले पछि रहेको छ। रियलले एक खेल बढी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077