Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संवैधानिक इजलासमा प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धा: सुनुवाइ स्थगित

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धा: सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे दायर गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्चले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको अदालतले जनाएको छ।

    शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको थियो  ।



    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न पनि आउनुभएन । नाम पनि पठाउनुभएन। त्यहीँ भएर आज सुनुवाइ हुन सकेन।



    यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार