Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गैंडाको खागसहित गौशालाबाट निकेश बस्नेत पक्राउ

    गैंडाको खागसहित गौशालाबाट निकेश बस्नेत पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेत रहेका छन् । सीआईबीको टोलीले बस्नेतलाई बिहीबार काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।



    गौशालाको तिलगंगा क्षेत्रमा गैंडाको खाग तथा आखेटोपहारको अवैध ओसारपसार र बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनलाई ४५ ग्रामको खागसहित नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ।



    पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा बुझाइएको ब्युरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार