Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनलाइनबाट महिलालाई उपहार पठाइदिन्छु भन्दै लाखौँ ठग्ने भारतीय पादरी पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत् महिलासंग चिनजान गरेर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ, सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्री रहेका छन् । महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा क्षेत्रीलाई शुक्रबार पक्राउ गरेको हो।

महाशाखाका सूचना अधिकृत एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका क्षेत्रीले उपहार पठाइदिन्छु भन्दै ५ लाख १० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् ।

क्षेत्रीले सामाजिक सञ्जालमा ‘नान्सी माइकल’को नामबाट ती महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि कुराकानी गर्ने क्रममा क्षेत्रीले ती महिलालाई आफूले प्रेम पनि गर्ने भन्दै विश्वास दिलाएर विभिन्न उपहारहरु पार्सल गरी पठाएको बताएका थिए ।

महिलाको उजुरीपश्चात अनुसन्धान क्रममा  क्षेत्रीले चर्चको कार्यक्रममा भेट हुने महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने बताउँदै उनीहरूलाई खाता खोल्न लगाएर  रकम जम्मा गर्न लगाउँथे । पछि ती महिलाहरूमार्फत सो रकम उनले भुक्तानी लिने गरेको अनुसन्धानका क्रममामा खुल्न आएको एसपी कोइरालाले बताए।

पक्राउ परेका क्षेत्रीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077