Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीको अदालतमा ग्याङ्गफाइट: वकिलको भेषमा छिरेका टिल्लू ग्याङ्गले न्यायाधीशकै आगाडि गोली चलाए

काठमाडौँ । शुक्रबार दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा ग्याङ्गफाइट भएको छ । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार हमलाकर्ताले गोली हानेर ग्याङ्गस्टर जितेन्द्र गोगीको हत्या गरेका छन् । उक्त ग्याङ्गफाइटमा गोगीसमेत तीनजना मारिएका छन् । यस घटनामा एक महिला वकिलसमेत तीन व्यक्ति घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरुले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली चलाए । यस सम्बन्धमा अनुसन्धान भइरहेको दिल्ली प्रहरीले जनाएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077