Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली सेनामा प्राविधिकतर्फ ७७ अधिकृत पदमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरुमा दरखास्त आव्हान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले असोज ६ गते बुधबार सूचना प्रकाशित गर्दै दरखास्ता आव्हान गरेको हो ।

सेनाले जारी गरेको सूचनामा भनिएको छ–‘नेपाली सेनाका स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरुमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई रु. १० को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।’

नेपाली सेनाले २१ वटा फरक फरक पदमा गरी ७७ जना कर्मचारी माग गरेको हो ।

यस्तो नेपाली सेनाले जारी गरेको सूचना

https://www.facebook.com/NepaleseArmyHQ/photos/pcb.4722190714466709/4722188134466967

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077