Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नर्भिक अस्पतालका संचालक चौधरीलाई हृदयघात, दुबईमा शल्यक्रिया गरिँदै

काठमाडौँ । नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई हृदयघात भएको छ । ३ दिनअगाडि सपरिवार दुबई घुमघामका लागि गएका उनलाई शुक्रबार हृदयघात भएको  पारिवारिक स्रोतले जनाएको छ।

यसअघि नेपालमा छदाँ पनि उनलाई  मुटुमा समस्या देखिएको थियो ।  त्यतिबेका उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा मुटुमा समस्या देखिएपनि उनी स्वास्थ्य चेकजाँचसाथै घुमघामका लागि दुबई गएका थिए ।

स्रोतका अनुसार उनलाई हृदयघात भए पनि अवस्था भने गम्भीर छैन । हाल दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077