Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यी १२ देशका नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

काठमाडौं । करिब डेढ वर्षपछि सरकारले विदेशी पर्यटकहरुलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। तर ती विदेशी पर्यटककमा १२ देशका नागरिक भने नपर्ने भएका छन्।

नेपालले १२ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसाको सुविधा नदिने भएको हो। अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक छन्।

ती १२ देशहरुमा नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरिया रहेका छन्। यहाँका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउने छैनन्।

उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्ने अध्यागमन विभागले जानकारी दिएको छ।

नेपालले कोभिड–१९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको थियो। विभागले ७२ घण्टाभित्रको पीसीआर रिर्पोट साथमा लिएर आएमा अध्यागमन विन्दुबाटै भिसा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077