Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सभापतिको साझा उम्मेदवारबारे निधि, कोइराला र सिंहबीच छलफल, पौडेल ग्याङबाटै आउट !

काठमाडौं । नेपाली कांग्रेसका ३ शीर्ष नेता पुनः छलफल जुटेका छन्। नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह सभापतिको साझा उम्मेदवार चयनबारे छलफलमा जुटेका हुन्।

यसअघि पनि उनीहरुले यस विषयमा पटकपटक छलफल गरेका छन्। नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए।

चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसमा अवरोध गरेका थिए।

यसो त केही समयअघि पौडेल र अर्का नेता शेखर कोइरालासहित यो टोलीले पत्रकार सम्मेलन नै गरेर समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार हुने बताएको थियो। तीन नेताबीच सभापति पदका अन्य आकांक्षीसँग पनि सहमतिमा नेतृत्व चयनका विषयमा छलफल गर्ने सहमति भएको छ।

यो बैठकमा पौडल र अर्का कोइरालालाई समावेश गरिएको छैन। यसबाट तीन नेताले आफूमध्येबाट एक नेता सभापति लड्ने तयारी गरेको बुझिएको छ। तर उनीहरु आफैं पनि तत्कालका लागि नेतृत्वको दाबी त्याग्न तयार देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077