Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको ९५ लाख बोकेर काठमाडौं प्रवेश गर्न खोजेका २ भारतीय नागढुंगामा समातिए

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट उनीहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा सवार भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे पक्राउ परेका हुन् ।

प्रहरीले मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं राखेर अनुसन्धान सुरु गरिएको छ ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुँदै आएको प्रहरी तथ्यांक छ । उक्त रकम पनि हुण्डी कारोबारीकै हुन सक्ने प्रहरीको बुझाई रहेको छ । यद्यपी उक्त रकम माली र अढाडेकै हो वा अन्य कसैको हो भन्ने बारे खुलेको छैन । पक्राउ परेकालाई आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077