Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पार्टीमा आमूल परिवर्तन ल्याउन सभापति बन्न खोजेको हुँ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताएका छन् ।

आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताउँदै उनले फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको जस्तै हुने बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने–‘उहाँहरुले डेमोक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नुभएको छ । त्यसप्रति सम्मान छ । तर, अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन ।’

आफूले लामो समय पार्टीको दोस्रो तहमा रहेर काम गरेको भन्दै उनले अब सभापति भएर काम गर्न चाहेको बताए । उनले भने–‘पार्टीमा आमूल परिवर्तन ल्याउन फस्टम्यान हुनुपर्ने रहेछ । अब चाहिँ फर्स्ट म्यान भएर पार्टीलाई संस्थागत गर्छु भनेर लागेको छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077