काठमाडौं । सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रपति निवास नजिकै आत्मघाती कार बम विस्फोट गरिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
राष्ट्रपति निवास नजिकैको सडकमा शनिबार बम विस्फोट भएको रोयटर्समा समाचार छ । हमारजाजाब जिल्लाका आयुक्त मुआवीए मदीलाई उदृद गर्दै रोयटर्सले लेखेको छ–‘सीलगाब जंक्सनमा कार बम विस्फोटबाट ७ जना मारिएका छन् । ८ जना घाइते छन् ।’
घटनास्थलमा ७ वटा कार र ३ रिक्सा ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोट कसले गराएको भन्नेबारे अहिलेसम्म यकिन भइसकेको छैन ।