Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले ओमानको सामना गर्दै, यस्तो छ हालसम्मको नतिजा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

नेपाल र ओमानबीचको खेल सेप्टेम्बर २६ अर्थात असोज १० गते हुने एन्फाले जानकारी दिएको छ। खेल कतार युनिभर्सिटी फुटबल ग्राउण्डमा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे शुरु हुनेछ। साफको तयारीका लागि नेपाली टोली हाल कतारमै बन्द प्रशिक्षणमा रहेको छ।

हालसम्म नेपाल र ओमानले १० खेलमा प्रतिस्पर्धा गरेका छन्। ती दश वटै खेलमा नेपाल पराजित भएको छ। पछिल्लोपटक दुई टोलीको भेट फिफा विश्वकप छनोटमा सन् २००७ मा भएको थियो। सो खेलमा नेपाल २–० गोलले हारेको थियो।

यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) मा खेल्नेछ। नेपालले त ेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077