Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेनाल्टीमा चुक्दा घरेलु मैदानमा युनाइटेडको फेरि अर्को हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग हारेको छ। ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टी मिस गर्दा युनाइटेडले हार बेहोरेको हो।

ओल्ड ट्राफोडमा भिल्लाले १२ वर्षपछि कुनै खेल जितेको हो। कोर्टने हाउसेले खेल सकिन दुई मिनेट बाँकी छँदा भिल्लालाई अग्रता दिलाएका थिए। तर, उनले आफ्नो बक्समा ह्यान्डबल गरेपछि युनाइटेडले लाइफलाइन पाएको थियो।

फर्नान्डेजको प्रहार बारभन्दा माथि गएको थियो। योसँगै युनाइटेडको यो सिजन प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ। काराबाओ कपमा वेस्ट ह्यामसँग पराजित हुँदै बाहिरिएको युनाइटेडले आफ्नो घरेलु मैदानमा लगातार दुई खेलमा गोल गर्नबाट चुकेको छ।

हारसँगै ६ खेलबाट १३ अंकसहित युनाइटेड लिगको चौथो स्थानमा सिमित रहेको छ। शीर्षस्थानमा रहेको लिभरपुलको ५ खेलबाट १३ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077