Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३८ क्विन्टल सुन तस्करी प्रकरण : आजबाट अन्तिम बहस हुँदै

विराटनगर । जिल्ला अदालत मोरङमा आजबाट ३८ क्विन्टल सुन तस्करी प्रकरण मुद्धामा अन्तिम बहस हुँदैछ। करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ।

मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि अनुसन्धानका क्रममा ३८ क्विन्टल सुन तस्करी प्रकरण बाहिरिएको थियो। तस्कार गरिएको साढे ३३ किलो सुन हराएपछि सनमको हत्या भएको थियो। २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा तस्करको समूहले यातना दिई शाक्यको ज्यान लिएका थिए।

सोही हत्याको अनुसन्धानका क्रममा सुन तस्करीको ¥याकेट पत्ता लागेको थियो।  आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो।

दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ।

उक्त प्रकरणका ७७ प्रतिवादीमध्ये २२ जनालाई पक्राउ गर्न सकिएको छैन भने प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077