Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कुल आचार्यद्वारा एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी १० औँ महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

आचार्यले अक्टोबर २३ देखि २५ सम्म चल्ने महाधिवेशन तथा १० औं विश्व सम्मेलन सम्मेलन अन्तर्गत २०२१-२०२३ को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको बताए।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए ।

'संस्थाका संस्थापक र अग्रजहरुको साथ र विश्वभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु,' कार्यक्रममा आचार्यले भने, 'विश्वभरी रहनु भएका तपाईं सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको अमूल्य आशीर्वाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु ।'

एनआरएनएको १० औं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ । कोभिड महामारीको कारण भर्चुअल माध्यममार्फत मतदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077