Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दशैंका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला

    टिकट खरिदमा बिचौलिया हटाउने सरकारको प्रयास, अनलाइन बुकिङ गर्नेलाई एक लिटर पानी सित्तैमा !

    टिकट खरिदमा बिचौलिया हटाउने सरकारको प्रयास, अनलाइन बुकिङ गर्नेलाई एक लिटर पानी सित्तैमा !

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सरकारले दशैंमा घर जानका लागि अनलाइनबाट टिकट काट्ने यात्रुहरूलाई एक लिटर पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ ।

    आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस्तो बताएका हुन्।



    ‘अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गरिएको छ,’महानिर्देशक घिमिरेले भने, ‘यो वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटर पानीकाे व्यवस्था गरेका छौं।’



    यस्तै, निर्देशक घिमिरेले टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने बताए । उनले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएका व्यक्तिहरूबाट मात्रै टिकट काट्न पनि आग्रह गरे।

    सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक सवारीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार