Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै, काठमाडौंसँग जोडिएका नाकामा बढ्यो चाप

    दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै, काठमाडौंसँग जोडिएका नाकामा बढ्यो चाप

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 939
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् ।

    यसले गर्दा काठमाडौंसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।



    आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेकाछन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् ।



    विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रा कष्टकर बनेको हो । यसैबीच, नेपाल प्रहरीले चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार