Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चर्को आलोचना भएपछि रोनाल्डोले भने, ‘शक्ति देखाउँछौं’

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका खेलाडी, प्रशिक्षकको चर्को आलोचना भइरहेको छ। विशेषगरी अन्तिम समयको पाएको पेनाल्टीमा चुक्दा युनाइटेडका फ्यानहरु निराश भएका हुन्।

शनिबार राति भएको खेलको ८८ औं मिनेटमा एस्टन भिल्लाले गोल गरेको थियो। तर ९२ औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो। अन्तिम समयमा पाएको पेनाल्टी युनाइटेडका लागि बरारबरी गर्ने अन्तिम मौका थियो। तर ब्रुनो फर्नान्डेज चुक्दा टोलीले बराबरी गर्ने अवसर गुमायो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।

चौतर्फी आलोचनापछि रोनाल्डोले यसबारे आफ्नो अभिव्यक्ति दिएका छन्। उनले यो शुरुवात मात्र भएको बताउँदै अब वास्तविक शक्ति देखाउने बताएका छन्।

‘यो शुरुवात मात्र हो। तर प्रिमियर लिगजस्तो ठूलो र प्रतिस्पर्धात्मक प्रतियोगितामा प्रत्येक विन्दुको गणना हुन्छ,’ उनले भने, ‘हामीले तत्काल प्रतिक्रिया जनाउनुपर्छ। हारबाट तुरुन्त उठ्नुपर्छ र हाम्रो साँचो शक्ति देखाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077