Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओमानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – ओमानँगको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ। आइतबार राति भएको खेलमा नेपाल ७–२ गोलले पराजित भएको हो।

पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने ५ गोल खाएको थियो। दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो। नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ।

नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो। प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताएपनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ। नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्। लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077