Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी निर्वाचित

चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन्। सर्वसम्मतरुपमा नेतृत्व चयन नभएपछि मतदानबाट सभापतिमा अधिकारी विजयी भएका हुन्।

अधिकारीले ६४९ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे। महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन्।

यसैगरी महानगरको महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले निर्वाचित भएका छन्। न्यौपानेले ६६१ तथा घलेले ५५६ मत पाए। महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छन्। गुरुङले ५६४ मत प्राप्त गरिन्

त्यस्तै सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल निर्वाचित भए। पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077