Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी

चितवन । नेपाली कांग्रेस रत्ननगरको नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन्। सर्वसम्मतरुपमा नेतृत्व चयन नभएपछि मतदान भएको थियो।

मतदानमा सावकोटाले सभापतिका प्रतिस्पर्धी रुपनराज घिमिरेलाई हराएका हुन्। आइतबार बिहान सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सो निर्वाचन भएको हो।

सापकोटा र घिमिरे सभापतिका प्यानलनै बनाएर मैदानमा उत्रिएका थिए। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सापकोटा बलियो देखिएका हुन्। अन्य पदहरुमा पनि सापकोटा प्यानलका अधिकांश सदस्यहरु विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077