Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ताप्लेजुङमा युवतीलाई बलात्कार गरेर भीरबाट खसाल्ने युवक पक्राउ

ताप्लेजुङ — प्रहरीले युवतीको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ। ताप्लेजुङको फुङलिङ–८ दोखु चारपाटे क्षेत्रबाट शुक्रबार बिहान दूध बिक्री गर्न सदरमुकाम फुङलिङ हिँडेकी युवतीलाई बलात्कार गरी हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रामकुमार कार्की रहेका छन्। युवती लडिरहेको अवस्थामा देखेपछि पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको अवलोकन गर्ने क्रममा शव रहेको स्थानदेखि करिब एक सय मिटरमाथि ढुंगाको पहाडमा एउटा ज्याकेट र मेटासिडको खाली बोतल फेला पा¥यो । त्यो बोतल भेट्ने प्रहरीका अनुसार भर्खरै प्रयोग गरेको हो कि जस्तो गन्ध आइरहेको थियो ।

उनको शरीरको माथिल्लो भाग नाङ्गै र तल्लो भाग सुरुवाल लगाएको अवस्थामा भेटिएकी थिइन्। हत्या हुने युवती फक्ताङलुङ–३ लिंखिम घर भई फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया पुष्पा लिम्बू हुन्। उनी वीरबहादुर लिम्बूकी साइँली छोरी हुन्।

डाँडामा मेटासिडको बोतल भेटिएको र त्यसको तल शव भेटिएकाले प्रहरीले यतिबेलासम्म उनले आत्महत्या गरेको हुन सक्ने आकलन गरेको थियो। तर अनुसन्धानका क्रममा कार्कीलाई पक्राउ गरेको र उनले घटनाबारे मुख खोलेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077