Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बुद्ध एयरमा सवार सबै यात्रु सकुशल: दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरु तैनाथ

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरेको बुद्ध एयरको जहाजमा सवार सम्पूर्ण यात्रु सकुशल रहेका छन्।

विमानस्थलका अनुसार ७५ जना यात्रु सवार रहेको जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन।

आज बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो । विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको थियो।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077