Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा एमालेको विरोध, सरकारले कालो धनलाई सेतो बनाउन लागेको गुरुङको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा सरकारले पेश गरेको अध्यादेशमा भएको कर छुटसम्बन्धी व्यवस्था खारेज गर्न माग गरेको छ।

राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै विरोधमा उठेको एमालेले सरकारले कालो धनलाई सेतो बनाउने प्रयास गरेको आरोप लगायो । बैठकमा एमालेका सांसद परशुराम मेघी गुरुङले मुलुकको अर्थतन्त्रका लागि यो गम्भीर विषय भएको दाबी  गर्दै भने, ‘अर्थमन्त्री बडा क्रान्त्रिकारी नेता हुनुहुन्छ । उहाँलाई सोध्न चाहन्छु-यो कालो धनलाई दिनदहाडै सेतो पार्ने कुरा कहाँको क्रान्तिकारी हो ?’

संविधानको भावना र मर्म अनुसार केही विषयहरु अघि बढेको छ त्यो आपत्तिजकन भएको उनले दावी गरे ।

यसतै, आर्थिक विधेयकमाथि दफाबार छलफल गरियोस् भन्‍ने प्रताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद गुरुङको प्रश्‍नको जवाफ दिए । कलाकार, चिकित्सक, कानुन व्यावसायी लगायत कसको कर छुट हुने स्पष्ट तोकिएको र ती सबैलाई करको दायरामा ल्याउने कुरा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077