Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यी हुन् ती सक्षम पाइलट जसले ७३ जना यात्रुसहितको जहाजलाई ठूलो दुर्घटना हुनबाट जोगाए

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरेको बुद्ध एयरको जहाजमा सवार सम्पूर्ण यात्रु सकुशल रहेका छन्।

विमानस्थलका अनुसार ७३ जना यात्रु सवार रहेको जहाजमा रहेका सबै यात्रु सकुशल रहेको एयरलायन्सले जनाएको छ।

यस्तै, जहाजलाई सकुशल अवतरण गराएका पाइलट क्याप्टेन आङ गेलु शेर्पालाई सबैले धन्यबाद दिएका छन् ।

प्राविधिक कारण निकै कष्कर रूपले विमान अवतण गरेपछि उनलाई यात्रुहरु, विमानस्थल समिति र एयरलायन्सलगायत सबैले धन्यवाद दिएका थिए ।

आज बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो । विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको थियो।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077