Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

६ मिनटमै सकियो प्रतिनिधिसभा बैठक !

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो ।

बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

सभामुख सापकोटाले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरु राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्ना आसन ग्रहण गरी सहयोग गर्न अनुरोधसमेत गरेका थिए ।

बैठक प्रारम्भ हुनेबित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077