Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • त्यो कहालीलाग्दो क्षण जब एयर होस्टेसले रुँदै तपाईहरुलाई बचाउन सक्दो कोशिस गर्नेछौं भने…

    त्यो कहालीलाग्दो क्षण जब एयर होस्टेसले रुँदै तपाईहरुलाई बचाउन सक्दो कोशिस गर्नेछौं भने…

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । सोमबार ७३ जना यात्रु बोकेर उडेर बुद्ध एयरको विमान ठूलो दुर्घटना हुनबाट जोगियो। विमान बिहान सवा ८ बजे विराटनगरका लागि उडेको थियो। करिब एक घण्टा उडान समय रहेको विमान विराटनगरको आकाशमा निर्धारित समयमा पुग्यो पनि।

    जब पाइलटले अवतरण गर्नअुघि ल्याण्डिङ गेयर झार्न खोजे, ल्याण्डिङ गेयर झरेन। समस्या देखियो। विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मारिरह्यो। क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गेयर झार्ने प्रयास गरिरहे। तर, कुनै सिप चलेन।



    यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन। तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन्। उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो।



    विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए। उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन। क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो। नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो। तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मा¥यो अनि मन चिसो भयो।’

    उनका अनुसार काठमाडौंको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए। कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए। यात्रुहरुमा रुवाबासी चलेपछि एयरहोस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए।

    तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुले बताए। उनले भने, ‘उहाँहरु (एयरहोस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो। इन्धन सक्ने प्रयास भएको र इन्धन सकिएपछि ल्याण्ड गर्ने बताउनु हुन्थ्यो। उनीहरुको आँखा पनि आँशु थियो।’

    काठमाडौँको आकाशमाथि विमानलले फन्को मार्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए। त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए। यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए।

    विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झ¥यो। विमान सहजरुपमा अवतरण भयो।

    बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ। यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन्।विमानकाक क्याप्टेनको जयजयकार गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार