Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रलोभन देखाएर क्रिश्चियन बनाउन खोज्ने चार कोरियाली नागरिकलाई थुनामा राख्न आदेश

कास्की – धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चार कोरियाली नागरिकलाई थुनामा राख्न आदेश दिइएको छ। जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो।

विभिन्न प्रभोलन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहि पक्राउ परेका थिए।

सोमबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले चारैजना कसुरदार होइनन् भनी भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो। उनीहरुलाई फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाइएको बताइएको छ।

उनीहरुमाथि गेष्टहाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको आरोप लागेको छ।

त्यतिमात्र होइन कतिपय किशोरकिशोरीलाई ट्युसन पढाउने क्रममा क्रिश्चियन धर्मसम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने काम उनीहरुले गरेको भन्दै प्रहरीमा उजुरी भएको थियो। धेरै स्थानीयहरुले गुनासो गरेपछि प्रहरीले ४ कोरियाली नागरिकलाई भदौ २९ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077