Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रुर हत्या : पूर्व प्रेमिकालाई हातखुट्टा बाँधी मुखमा टेप लगाई जिउँदै सुटकेशमा हाले, जंगलमा फ्याँकिदिए

एजेन्सी – एक युवकले आफ्नी पूर्वप्रेमिकासँग क्रुरताको हद पार गर्ने व्यवहार गरेका छन्। अमेरिकी युवकले आफ्नी पूर्व प्रेमिकालाई कुटपिट गरेर जिउँदै सुटकेशभित्र हाली जंगलमा लगेर फ्याँकिदिएका छन्। जसका कारण युवतीको मृत्यु भएको छ।

घटनापछि अदालतले युवकलाई कडा सजाय दिएको छ। मिडिया रिपोर्टका अनुसार न्यूयोर्कको क्वीन्सका २६ वर्षीय जेभियर द सिल्भा रोजास नामका युवकलाई ३० वर्षको कैद सजाय सुनाइएको छ।

जेभियरले आफ्नी पूर्व प्रेमिका २४ वर्षीया भलेरी रेयेसको २०१९ मा विभत्स हत्या गरेका थिए। उनीहरुबीच पहिले प्रेम थियो। झगडा भएपनि अलग्ग्एिका थिए। यसैबीच एक दिन जेभियर भलेरीको घर गए। त्यहाँ उनीहरुबीच ठूलो झगडा भयो।

जेभियरले युवतीको टाउकोमा प्रहार गरे। हात बाँधिदिए र मुखमा टेप लगाइदिए। त्यसपछि जिउँदै सुटकेशमा हालेर जंगलमा लगेर फ्याँकिदिए। सोही सुकटेकभित्रै भलेरीको मृत्यु भएको थियो।

छोरी बेपत्ता भएपछि परिवारले भलेरीको खोजी गरिदिन प्रहरीलाई खबर गरेको थियो। सोधपुछका क्रममा जेभियरलाई पक्राउ गरेको थियो। त्यसपछि घटनाको पर्दाफास भयो। एक हत्पाछि युवतीको शव जंगलमा सुटकेशमा भेटिएको थियो। हत्यापछि जेभियरले ल्यापटप र डेबिड कार्ड चोरेको पनि अनुसन्धानमा खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077