Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठूलो दुर्घटना हुनबाट जोगिएको जहाज उड्यो, इञ्जिनियरले भने- कुनै समस्या छैन

काठमाडौँ । सोमबार ठूलो दुर्घटना हुनबाट जोगिएको बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाजले उडान सुरु गरेको छ।

प्राविधिक कारण र ल्यान्डिङ गियरमा समस्या हुँदा निकै कष्कर रूपले अवतण गरेको जहाजको समस्या पूरै परीक्षण गर्दा पुन केही खराबी नदेखिएपछि उडान सुरु गरेको बुद्द एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार उडानका क्रममा ल्यान्डिङ गियरको इन्डिकेटरमा समस्या देखिएपनि इन्जिनियरहरुले जाँच गर्दा कुनै त्रुटी नभेटेपछि उडान सुरु गरिएको हो।
सुरुमा परिक्षणका लागि जहाजलाई ह्यांगरमा ज्याक राखेर उठाएको तर अन एयरमा जस्तै ल्यान्डिङ गियर (पाङग्रा) झार्दा समस्या नदेखिएको एयरलाइन्सको दाबी छ ।

इन्जिनियरले जहाज ठिक भएको रिर्पोटिङ हवाई सुरक्षा विभागलाई गरेपछि उक्त जहाजलाई उडानका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए ।

सो जहाजले मंगलबार बिहान साढे १० बजेसम्म काठमाडौं-सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरातर्फ लागिसकेको बुद्धले जनाएको छ।

सोमबारको उडानमा संलग्न क्याप्टेन आङ गेलु शेर्पा, को-पाइलट अमन अन्सारी र दुई जना एयरहोस्टेसलाई डियुटी अफमा राखिएको एयरलाइन्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077