Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कपिलवस्तुमा बस र विंगर ठोक्किँयो: १५ जना घाइते, दुईको अवस्था गम्भीर

कपिलवस्तु । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस  दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

मंगलवार विहान कपिलवस्तुको बाणगंगा–४ जितपुरमा  बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विंगर एक आपसमा ठोक्किँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। गम्भीर घाइते हुनेमा विंगर चालक बाणगंगा नगरपालिका ८ का वर्षीय २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालकसमेत रहेका छन्।

मोडमा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077