Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • परिणाममुखी काम गर्न मातहतका निकायलाई गृहमन्त्री खाँणको निर्देशन

    परिणाममुखी काम गर्न मातहतका निकायलाई गृहमन्त्री खाँणको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परिणाममुखी र सर्वसाधारणलाई राहतको अनुभूति हुने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

    चाडपर्व लक्षित सुरक्षा र बजार अनुगमनसम्बन्धी विषयमा आज मन्त्रालयमा आयोजित काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको बैठकमा उनले सो निर्देशन दिएका हुन्।



    मन्त्री खाँणले चाडपर्वका बेला आमनागरिकलाई सुरक्षित यात्रा र बजारमा गुणस्तरीय खाद्यन्नको सहज आपूर्तिमा ध्यान दिन मातहत निकायका पदाधिकारीलाई निर्देशन दिँदै भने, “कार्ययोजना बनाएर मात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुस्।”



    चाडपर्वका बेला बजारमा बढने ट्राफिक जामलाई व्यवस्थापन र सडक मर्मत गरी सञ्चालन गर्न, चोरीलुटपाट र ठगीलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायले एकीकृत रुपमा काम गर्नुपर्ने उनको धारणा थियो।

    रात्रीकालीन र मनोरञ्जन क्षेत्रका व्यवसाय घडी हेरेर बन्द गर्न निर्देशन दिने विषयमा गुनासो आएको उल्लेख गर्दै उनले यसमा आवश्यक कार्यविधि बनाएर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। अवाञ्छित गतिविधि र विकृति फैलिन नदिन मन्त्री खाँणले निर्देशन दिए।

    कार्यक्रममा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बजारमा वस्तुको मूल्य, म्याद, गुणस्तर र वितरण प्रणालीलाई कसरी चुस्त बनाउने सम्बन्धमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै जनताको जिउधनको सुरक्षाका लागि टोल टोलमा पुगेर नागरिकसँग सहकार्य गर्न प्रहरीलाई सुझाए।

    सो अवसरमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रमुख र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखहरुले आफ्नो कार्यालयबाट भइरहेका काम र चाडपर्वका बेलामा गरिने सुरक्षा तथा बजार प्रणाली व्यवस्थापनका कार्ययोजनाका बारेमा मन्त्री खाँणलाई अवगत गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार