Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समूहबाट एउटा मात्रै उम्मेदवार नभए म पनि सभापतिमा लड्छु : अर्जुननरसिंह केसी

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ।”

राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो। उनले थपे, “देशको विकासका लागि आउने बजेट हो। जनताको मन जितेर राष्ट्रियताको विषयमा देखिएको विवाद समाधान गर्दै अघि बढ्नुपर्छ।”

नेता केसीले १४औँ महाधिवेशनका क्रममा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्ने जोड दिए। एउटा मात्रै उम्मेदवार नभए आफू पनि सभापतिको उम्मेदवार बन्ने उनको भनाइ थियो। उनले भने, “पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापन इतरको एक जना मात्र सभापतिको उम्मेदवार बन्नुपर्छ।” अहिले पार्टीभित्र व्यक्तिवाद हावी गर्न खोजिएको उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077