Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसीको रट लगाउँदै परराष्ट्रमन्त्री खड्का

न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालका लागि मात्र संशोधन नहुने बताइसकेका छन्। संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क पुगेका मन्त्री खड्काले एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन्। न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ।’

एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए। ‘हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ, नभए नगरौँ,’ खड्काले भने।

एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उनले यो एक दलले मात्र गरेर नहुने बताए। ‘सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन। यसमा राष्ट्रिय सहमति अवश्यक छ,’ उनले भने। उनले एमसीसीका विषयमा आवश्यक भए थप छलफल गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077