Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण

सिन्धुपाल्चोक । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले काँग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन्। मङ्गलबार नेपाली काँग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले सो कुरा बताएका हुन्।

विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरेका थिए। बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दसैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो।

गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो। नजिकिँदै गरेको महान् चाड दसैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा काँग्रेस रहेको बस्नेतले बताए। साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको काँग्रेका युवा नेता युधिर पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077