Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युट्युबमार्फत् चरित्र हत्या हुने भिडियो प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

काठमाडौँ । प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या हुने विवरण प्रसारण गरेको आरोपमा ४ युट्यबुरहरुलाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार पक्राउ परेकाहरुले आफ्नो युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने गरेका थिए।

पक्राउ पर्नेहरूमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी र हरेक पलको खबर च्यानलका सञ्चालक नुवकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भइ काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी रहेका छन्।

त्यस्तै, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान गरिरहेको एसएसपी अर्यालले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077