Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अख्तियारले साइकल खरिदको फाइल लगेपछि मुख्यमन्त्रीको आक्रोश (भिडियो)

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नियन्त्रणमा लिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

अख्तियारले साइकल खरिदको फाइल छानबिनका लागि जफत गरेपछि आक्रोसित बनेका मुख्यमन्त्री राउतले बुधबार अपरान्ह जनकपुरस्थित सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अख्तियारको कार्यशैलीप्रति आक्रोश जनाएका हुन् । उनले सरकार प्रमुखको कार्यालयमा अख्तियार ‘छापामार’ शैलीमा पसेको भन्दै तरिका ठीक नभएको पनि बताए।

'मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एउटा स्टेटको प्रमुखको कार्यालय हो, फाइल माग्ने एउटा तरिका हुन्छ,'  उनले भने ‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ, साइकल खरिदमा कहिंकतै अनियमितता भएको भए कारबाही गर्न म सहयोग गर्न तयार छु । तर, एउटा संस्थालाई नै बद्नाम गराउने किसिमले अख्तियारले गरेको छापामारी सहय हुनसक्दैन ।’

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलको खरिद प्रकरणमा अनियमितता भएपको उजुरीपश्चात्  अख्तियारले बुधबार दिउँसो मुख्यमन्त्रीको कार्यालयमा छापा हानेको थियो ।

[video width="640" height="368" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2021/09/video-1632915878.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077