Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यमनमा सरकारी फौज र विद्रोही समूहबीच घमासान युद्ध : एक सय जना मारिए

एजेन्सी । यमनमा विद्रोही समूह र सरकारी फौजबीच घमासान युद्ध भइरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार पछिल्लो ४८ घन्टामा भएको भीडन्तमा दुबैतर्फ कम्तिमा १ सय जना मारिएका छन्।

हाल उनीहरुबीच यमनको प्रमुख सहर मरिबमा लडाइँ जारी छ। साउदी गठबन्धनको सरकारी फौजले इरान समर्थित हूथी विद्रोहीलाई लक्षित गर्दै पछिल्लो ४८ घण्टाभर हवाई हमला गरेको बताइएको छ। एएफपीका अनुसार पछिल्लो भीडन्तमा ६८ हूथी विद्रोही र सरकारी फौजका ३२ गरी १ सय जना मारिएका हुन्।

आफ्नो पक्षका लडाकु घाइते वा मारिएको समाचार विरलै रुपमा भन्ने गरेको विद्रोही समूहले यसपटक विद्रोही समूहद्वारा सञ्चालित अल माशीर च्यानलले २ दिनयता हवाई हमला भएको रिपोर्ट सार्वजनिक गरेको थियो।

हूथीले सरकारविरुद्ध नयाँ अभियान सुरु गरेपछि पछिल्लो एक महिनामा सयौँ विद्रोही घाइते भएका छन्। जवकि गत फेब्रुअरीमा हूथी विद्रोहीले तेल लगायत प्राकृतिक स्रोत नियन्त्रणमा लिन मरिब सहरलाई कब्जामा लिने प्रयास गरेको थियो।

राजधानी सानादेखि १२० किलोमिटर पूर्वमा पर्ने मरिबलाई यमनको उत्तरी क्षेत्रमा प्रभाव जमाउनका लागि विद्रोही समूहले प्रमुख क्षेत्रको रुपमा लिने गरेको छ। यमनमा युद्ध सुरु भएपछि २०१४ यता हजारौँ मानिस मारिएका छन् भने दसौँ लाख विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077