Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सबैभन्दा महत्त्वपूर्ण कुरा टिमले खेल जित्नु हो : मेसी

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन्। युइएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा मेसीले गोल गर्दा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गरेको छ।

पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पीएसजीका लागि अर्को खेल इड्रिसा गाना गुआईले गरेका थिए। खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईको गोलबाट घरेलु टोली पिएसजीले अग्रता लिएको थियो। उनले अचरफ हाकिमी हुदै एमबाप्पेले मिलाइदिएको लो क्रसमा गोल गरे।

७४औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए। मेसीले नयाँ सिजनमा पीएसजीका लागि चार खेल खेल्दा गोलको खडेरी तोड्न सफल भएका हुन्।

खेलपछि मेसीले बलियो प्रतिद्वन्द्वीविरुद्धको पर्फेक्ट रात भएको बताए। ‘बलियो प्रतिद्वन्द्वीविरुद्धको यो रात पर्फेक्ट रह्यो। हाम्रा लागि यो जित निकै महत्वपूर्ण थियो,’ उनले भने।

‘गोल गर्न पाएकामा म धेरै खुशी छु। मैले धेरै खेलहरु खेलेको छैन। मैले यहाँ (घरेलु मैदानमा) एक मात्र खेल खेलेको छु,’ उनले भने, ‘म अझै घुलमिल भइरहेको छु।’

‘सबैभन्दा महत्त्वपूर्ण कुरा जित्नु हो। प्रत्येक खेलमा हाम्रो सम्बन्ध झन् झन् सुधार भइरहेको छ,’ मेसीले भने, ‘हामी सबै सँगै अघि बढ्नुपर्छ। हामीले यसलाई निरन्तरता दिनुपर्छ।’

उनले अघि भने, ‘हामीले बलियो टोलीविरुद्ध जित निकाल्यौं, जो अघिल्लो सिजन फाइनल पुगेको थियो। हामीले अझ धेरै कुरा सिक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077