Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रोनाल्डोको कीर्तिमान, म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले भिल्लारियललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–१ गोलले पराजित गरेको हो।

युनाइटेडको जितमा अलेक्स टेलेस र क्रिस्टियानो रोनाल्डोले गोल गरे। भिल्लारियलका लागि पाको अल्सासरले गोल गरेका थिए। च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमान रोनाल्डोले तोडेका छन्। १७८ खेल खेलेसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन्।

अ‍ेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो। डान्जुबाले पेनाल्टी बक्समा उपलब्ध गराएको पासमा अल्कासरले कुनै गल्ती नगरी गोल गरे। ब्रुनो फर्नान्डेजको फ्रिकिकमा एलेक्स टेलेसले पेनाल्टी बक्सको एजबाट भलिमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

च्याम्पियन्स लिग समूह चरणको दोस्रो खेलमा युनाइटेडको यो पहिलो जित हो। समूह एफमा एट्लान्टाको ४ अंक छ भने योङ ब्वाइज र युनाइटेडको समान ३ अंक छ। १ अंकसहित भिल्लारियल समूहको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077