Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ। संसदको गतिरोध अन्त्यका लागि बोलाइएको बैठक एमालेले बहिष्कार गर्ने भएको हो।

बुधबार साँझ प्रधानमन्त्रीद देउवाले बिहीबार १० बजेका लागि बैठक बोलाएका थिए। बैठक बालुवाटारमा बस्नेछ। एमालेले वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले बैठक बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ।

बिहीबार नै प्रतिनिधिसभाको बैठक बस्दैछ। सो बैठकमा पनि एमालेले अवरोध जारी राख्ने भएको छ। प्रधानमन्त्रीले बोलाएको बैठकमा एमाले सहभागी नहुने भएसँगै संसदको गतिरोध झन् लम्बिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077