Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि काठमाडौंमा सभाजुलुस, जात्रा, महोत्सव गर्न नपाइने (आदेशसहित)

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले  कोभिड-१९ संक्रमण कायम रहेको बताउँदै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज नगर्न आदेश जारी गरेको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा प्रशासनले अर्को आदेश जारी नगर्दासम्म जिल्लामा सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको हाे ।

आदेशमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक सेमिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

यस्तो छ काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश: 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077