Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय नागरिकलाई नेपाल प्रवेशमा कडाइ

कञ्चनपुर । सरकारले गत साता भारतसँग जोडिएका सबै नाका खुला गर्ने निर्णय गरे पनि भारतीय नागरिकलाई नेपाल प्रवेशमा गरिएको कडाइ भने यथावत् राखेको छ ।

जिल्ला प्रशासन कार्यालय कन्चनपुरका अनुसार भारतीय नागरिकको हकमा भने कुनै परिवर्तन भएको छैन  । भारतीय तथा भिसा लागू हुने तेस्रो मुलुकको नागरिकको हकमा ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट र सीसीएमसीको अनलाइन फारम भरेर मात्रै नेपाल भित्रिन पाउने व्यवस्था छ ।

यद्यपी प्रशासनका अनुसार सरकारको उक्त निर्णयपछि भारतीय नम्बरका सवारीसाधन भने सामान्य अवस्थामा आउजाउ गर्न पाउने भएका छन् । आजदेखि भारतीय नम्बरका सवारीसाधनहरू भन्सार तिरेर वा सुविधा लिएर आउजाउ गर्न सक्ने प्रशासनले जानकारी दिएको छ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका यसअघिदेखि नै खुला गरिए पनि भारतीय नागरिकको आगमनमा कडाइका कारण यहाँको व्यापार व्यवसायलगायत पर्यटन क्षेत्रसमेत प्रभावित भएको व्यवसायीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077