Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक: एमाले सांसदहरुको नाराबाजी कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्।

बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाएका थिए।

प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी रहने एमालेले जनाएको छ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १९ गते दिउँसो २ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077