Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले विधान महाधिवेशनः सहभागीलाई खाना, खाजा र आवासदेखि गाडीसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेले प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई खाना, खाजा आवासदेखि गाडीसम्मको व्यवस्था गरेको जनाएको छ।

बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापाले यस व्यवस्थाबारे प्रस्ट पारे।

यस्तै, थापाद्वारा जारी विज्ञप्तिमा प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको उल्लेख गरिएको छ । प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ ।निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन शुक्रबारदेखि ३ दिनसम्म गोदावरीमा चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077