Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१ हजार ७८ जनामा संक्रमण पुष्टि हुँदा ९११ जना डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण गर्दा १ हजार ०७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर विधिबाट ८ हजार ५५५ जना र एन्टिजेनबाट ३ हजार २१० जनाको परीक्षण भएको छ । त्यस्तै, ९११ संक्रमित निको भएका छन्

संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १३५ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८०२ सक्रिय संक्रमित छन् ।

यसअघि हिजो बुधबार १,१५७ जनामा संक्रमण पुष्टि भएको थियो भने ८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077