Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार, डिस्चार्जको तयारी

    माधव नेपालको स्वास्थ्यमा क्रमिक सुधार, डिस्चार्जको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

    अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।



    अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार