Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अहिले नै खुसीयाली मनाउन हतार नगरौं, ठूलो खुशी आउनै बाँकी छ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहिले खुशीयाली मनाउन हतार गर्न नहुने बताएका छन्। साफ च्याम्पियनसिप–२०२१ मा माल्दिभ्समाथि शुक्रबार राति प्राप्त जितका लागि नेपाल हकदार भएको बताउँदै उनले धेरै गर्न बाँकी रहेको जानकारी दिए।

माल्दिभ्समाथिको जित आफैमा ऐतिहासिक भएको भन्दै अलमुताइरीले योभन्दा ठूलो खुशी ल्याउनुपर्ने बताएका हुन्। ‘माल्दिभ्सलाई उसकै भूमिमा हराउनु आफैमा ठूलो हो, यसको फरक महत्त्व छ। त्यसमाथि साफ च्याम्पियनसिपमै यो माल्दिभ्समाथि नेपालको पहिलो जित हो। त्यसैले म आफै निकै भावनात्मक भएको छु र उत्तिकै खुसी पनि छु । तर अहिले नै धेरै खुसीयाली मनाउन हतार पनि नगरौं,’ उनले भने।

‘म सबै नेपाली फुटबल समर्थक र अखिल नेपाल फुटबल संघ सबैलाई भन्न चाहन्छु, हामीले अझै धेरै गर्न बाँकी छ। हामी सबै काम योजनाबद्ध ढंगले तह तहमा गर्नेछौं। अब हाम्रो खेल श्रीलंकाविरुद्ध छ। हामीले अहिले नै सबथोक प्राप्त गरेका छैनौं । हामी सबै संयमित हुनु पर्छ,’ उनले थपे।

मनिष डाँगीको एकमात्र निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसीपमा पहिलोपटक जित निकालेको थियो। उनले खेल सकिनु ५ मिनेटअघि गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077