Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसीप : दोस्रो खेलमा श्रीलंकाको सामना गर्दै नेपाल, यस्तो छ हालसम्मको तथ्याङ्क

काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार सोमबार राति ९ः४५ बजे शुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ऐतिहासिक जीत निकालेको छ। मनिष डाँगीको निर्णायक गोलमा शुक्रबार नेपालले माल्दिभ्सलाई १–० गोलले हराएको हो।

पहिलो खेलको नजिताबाट हौसिएको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। हुन त नेपाल पहिलोपटक साफको उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको छ। पहिलो खेलको काउन्टर अट्याकहरु नेपालका लागि शुभसंकेत हो।

हालसम्म नेपाल र श्रीलंकाले १७ खेलमा प्रतिस्पर्धा गरेका छन्। तीमध्ये नेपालले ३ खेलमात्र जितेको छ। ८ खेलमा बराबरी गरेको नेपालले ६ खेलमा हार बेहोरेको छ। नेपाल र श्रीलंकाको पछिल्लो भेट सन् २०१६ को जनवरीमा भएको थियो। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सो खेलमा नेपाल १–० गोलले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077